धादिङ समाज अमेरिकाको चौंथो अधिवेशन मे १६ मा हुने

Avatar photo
Dhadingpost
चैत्र २४, २०८२

बुद्धिमान वाईवा
न्यु योर्क ।
धादिङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका को चौंथो अधिवेशन आगामी मे-१६ मा आयोजना हुने भएको छ ।

संस्थाका अध्यक्ष टक रुवालीका अनुसार अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

धादिङको सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको यस संस्थामा हाल ९१ जना आजीवन सदस्य र ३९५ जना साधारण सदस्य आबद्ध छन् । यद्यपि, अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङ्गेहरूको बसोबास रहेको अनुमान गरिएको छ ।

विदेशमा रहेर पनि आफ्नो जन्मथलोप्रति माया र सहयोगको भावना बोकेको यस संस्थाको अधिवेशनलाई धादिङ्गे समुदायले चासोका साथ हेरेका छन् । नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यहरू अघि बढाउने अपेक्षा गरिएको छ ।