
काठमाडौं । बालेन नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नुवाकोटका डा. विक्रम तिमल्सिनाबन्ने भएका छन् ।नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तिमल्सिना लामो समयदेखि शिक्षा र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका तिमल्सिनाले Griffith University र University of Queensland बाट अध्ययन गरेका छन् । उनले करिब १५ वर्षदेखि सञ्चार तथा शिक्षा क्षेत्रमा योगदान दिँदै आएका छन् ।
पत्रकारिताको क्षेत्रमा तिमल्सिनाको अनुभव उल्लेखनीय रहेको छ । उनले एक दशकअघि Radio Sagarmatha मा कार्यक्रम उत्पादक तथा प्रस्तोताको रूपमा काम गरेका थिए । त्यसपछि अध्ययनका लागि अष्ट्रेलिया पुगेपछि त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ मा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए ।
यसका साथै सिड्नीबाट सञ्चालित ‘साउथ एसिया डटकम डट एयू’ मा समेत उनले सम्पादकीय सल्लाहकारका रूपमा काम गरेको अनुभव छ ।
सरकारमा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका तिमल्सिनाबाट सञ्चार क्षेत्र सुधार र नीतिगत रूपान्तरणमा महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।
यद्यपि, निर्णय औपचारिक रूपमा घोषणा हुन बाँकी रहेको छ।
