
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका निवासी डीपी अर्याललाई प्रतिनिधिसभाको सभामुख बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।
स्रोतका अनुसार बालेन शाह र रवि लामिछाने बीच भएको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्याललाई सभामुख बनाउने समझदारी बनेको हो । यसअघि अर्याल गृहमन्त्री बन्ने चर्चामा रहेका थिए ।
अर्याल काठमाडौं क्षेत्र नं. ९ बाट प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
यसैबीच रास्वपाबाट सरकारमा जाने अन्य मन्त्रीहरूको नाम पनि टुंगो लागेको स्रोतले जनाएको छ । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानुनमन्त्रीमा सोविता गौतम को नाम लगभग निश्चित भएको बताइएको छ ।
यद्यपि, यी सबै निर्णय औपचारिक रूपमा घोषणा हुन बाँकी रहेको छ।
