
धादिङ । धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसले चैत १३ गते विशेष समारोह आयोजना गरी ९० जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।
क्याम्पस प्रमुख डा. मुरारी अधिकारीका अनुसार दीक्षान्त समारोहमा खुल्ला विश्व विद्यालयकी उपकुलपति डा. शिलु मानन्धर बज्रचार्यको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रम क्रिक रिसोर्टमा सञ्चालन हुने बताइएको छ । समारोहसँगै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम पनि आयोजना गरिने क्याम्पसले जनाएको छ ।
वि.सं. २०५७ सालमा स्थापना भएको नीलकण्ठ बहुमुखी क्याम्पसको यो तेस्रो दीक्षान्त समारोह हो। क्याम्पसले लामो समयदेखि जिल्लामा उच्च शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
