धादिङ–२ निर्वाचन समीक्षा: नेकपाद्वारा परिणाम विश्लेषण

Avatar photo
Dhadingpost
चैत्र ११, २०८२

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ ले फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा गरेको छ ।

राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न निर्वाचन परिचालन कमिटीको बैठकमा क्षेत्र नम्बर २ को निर्वाचन परिणाम र समग्र अवस्थाबारे समीक्षा गरिएको जनाइएको छ ।

निर्वाचन परिचालन कमिटीका संयोजक जगत सिंखडाको अध्यक्षतामा भएको बैठकमा जिल्ला इञ्चार्ज पुष्पविक्रम मल्ल, केन्द्रीय सदस्य मोहन कार्की, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यस निर्वाचनमा बोधनारायण श्रेष्ठ विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी रमेश प्रसाद धमला भन्दा ५,८६६ मतान्तरले जीत हासिल गरेका हुन् । धमलाले २०,२७७ मत प्राप्त गरेका थिए । त्यस्तै, धनबहादुर घलेले १०,०८४ मत तथा रामबहादुर भण्डारीले ९,०३७ मत प्राप्त गरेका थिए।