
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित ७० प्रतिशत अनुदानमा ४५० जना लाभग्राहीलाई इन्डक्सन चुलो वितरण गरेको छ ।
गाउँपालिकाले “इन्डक्सन चुलो वितरण कार्यविधि, २०८२” अनुसार प्राप्त आवेदनमध्ये मापदण्ड पूरा गरेका लाभग्राहीहरूलाई तीन दिन लगाएर चुलो वितरण गरेको जनाएको छ ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य का अनुसार वडा कार्यालयको सिफारिसका आधारमा सबै वडाबाट लाभग्राही छनोट गरिएको थियो । छनोटमा परेका सबै वडाका ४५० जनालाई उक्त चुलो वितरण गरिएको हो ।
कार्यक्रमले दाउरा तथा परम्परागत इन्धनको प्रयोग घटाई वातावरण संरक्षण र स्वास्थ्य सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक सुमन रेग्मीले बताए ।
