
धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय खेलाडी छनोटका लागि खेलाडी दर्ता फाराम खुला गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको कार्यक्रमअनुसार सञ्चालन हुने तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मितिभित्र फाराम भर्न आग्रह गरिएको छ ।
छनोट हुने खेलहरूमा आईटीएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, कराते, बक्सिङ, तेक्वान्दो, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल, जुडो लगायत समावेश छन् ।
इच्छुक खेलाडीहरूले धादिङ जिल्ला खेलकुद विकास समितिमा सम्पर्क गरी समयमै दर्ता गर्न नाम दर्ता गराई जिल्ला छनोटमा भाग लिन अनुरोध गरिएको छ ।
