जापानमा पनि एसइई परीक्षा केन्द्र

Avatar photo
Dhadingpost
चैत्र ११, २०८२

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा बोर्डका अनुसार जापानबाट २३ विद्यार्थीले एसइई दिनेछन्, जुन त्यहाँस्थित नेपाली दूतावाससँगको समन्वयमा सञ्चालन गरिनेछ ।

चैत १९ गतेदेखि सुरु हुने परीक्षाका लागि देशभर ७७ जिल्लामा प्रश्नपत्र पुगिसकेको छ । कुल १,९९१ परीक्षा केन्द्रमा ५ लाख ९ हजार ९६१ विद्यार्थी सहभागी हुनेछन् ।