नीलकण्ठ नगरपालिका स्तरीय कक्षा ८ को परिक्षामा १,२०७ विद्यार्थी सहभागी हुँदै

Avatar photo
Dhadingpost
चैत्र ५, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा यही चैत ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार यस वर्षको परीक्षामा सामुदायिक र संस्थागत गरी ३७ विद्यालयबाट कुल १ हजार २०७ विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये ३१ वटा सामुदायिक विद्यालयबाट ९३७ जना र ६ वटा संस्थागत (निजी) विद्यालयबाट २७० जना विद्यार्थी सहभागी हुनेछन् ।

शाखाका स्रोत व्यक्ति मेघनाथ कोइरालाका अनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयबाट २८१ जना सहभागी हुनेछन् भने सबैभन्दा कम शंखादेवी माध्यमिक विद्यालयबाट ७ जना मात्र परीक्षामा सहभागी हुनेछन् ।

विद्यालय अनुसार विद्यार्थी संख्या

सामुदायिक विद्यालयतर्फ:
महेन्द्रोदय बेसिक विद्यालय – १३
शंखादेवी माध्यमिक विद्यालय – ७
प्रकाश माध्यमिक विद्यालय – २१
जलदेवी बेसिक विद्यालय – १७
लामागुरु महादेव माध्यमिक विद्यालय – ३१
महेन्द्र माध्यमिक विद्यालय – ३४
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय – २८१
गैरीगाउँ माध्यमिक विद्यालय – २३
महेन्द्रोदय कालिका माध्यमिक विद्यालय – २३
मनकामना देवी बेसिक विद्यालय – १३
पञ्चकन्या माध्यमिक विद्यालय – ३४
पतेनी बेसिक विद्यालय – १३
रघु माध्यमिक विद्यालय – २३
भैरवी माध्यमिक विद्यालय – २८
कर्णेश्वर माध्यमिक विद्यालय – २५
सुनौलो भैरवी माध्यमिक विद्यालय – २६
देउराली माध्यमिक विद्यालय – २४
रामकोट माध्यमिक विद्यालय – २४
चण्डेश्वरी माध्यमिक विद्यालय – ४०
पाल्पासामरी भञ्ज्याङ माध्यमिक विद्यालय – १५
कुमारी देवी माध्यमिक विद्यालय – १३
स्थानापति बेसिक विद्यालय – ६
शंखा देवी माध्यमिक विद्यालय – ३१
मञ्जुश्री माध्यमिक विद्यालय – ३३
पशुपति माध्यमिक विद्यालय – ५९
साङ्कोस माध्यमिक विद्यालय – १९
मनरुपी माध्यमिक विद्यालय – १६
पञ्चकन्या माध्यमिक विद्यालय – १०
गौरीशंकर बेसिक विद्यालय – १३
सरस्वती माध्यमिक विद्यालय – १३
तमाई रातमाटे माध्यमिक विद्यालय – ९

जम्मा (सामुदायिक): ९३७ जना

संस्थागत विद्यालयतर्फ:
धादिङ बोर्डिङ सेकेन्डरी स्कूल – ५७
न्यू धादिङ बोर्डिङ स्कूल – ३१
न्यू किबोउ बोर्डिङ स्कूल – ४७
सुनगाभा एकेडेमी – १५
एड्भान्स एकेडेमी – ४६
चिल्ड्रेनपार्क सेकेन्डरी बोर्डिङ स्कूल – ७४

जम्मा (संस्थागत): २७० जना

यसरी नीलकण्ठ नगरपालिका स्तरीय कक्षा ८ को परीक्षामा कुल १२०७ विद्यार्थी सहभागी हुने तयारी पूरा भएको छ । परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।