शुक्रबारदेखि देशभर भारी वर्षा: चट्याङ, हावाहुरी र असिनाको चेतावनी

Avatar photo
Dhadingpost
चैत्र ५, २०८२

काठमाडौं । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बदली सुरु भइसकेको छ भने शुक्रबारदेखि यस वर्षकै प्रिमनसुनको सबैभन्दा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

मौसमविदका अनुसार यो प्रणाली देशभर फैलिनेछ र धेरै ठाउँमा चट्याङ, हावाहुरी तथा असिनापानीसहित वर्षा गराउनेछ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ ।

सावधानी:

  • शुक्रबार र शनिबार अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव
  • पहाडी तथा हिमाली पदयात्रा नगर्न आग्रह
  • खुला स्थानमा नबस्न र चट्याङबाट जोगिन सतर्क रहन अनुरोध

प्रिमनसुनको समयमा दिउँसोपछि हावाहुरी चल्ने सम्भावना बढी रहने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।