धादिङका दुबै क्षेत्रमा रास्वपा विजयी

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०८२

धादिङ । धादिङ जिल्लाका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ निकटतम प्रतिस्पर्धीभन्दा २४,०९७ मतान्तर सहित विजयी भएकी छन्। तामाङले ३९,१२८ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका भूमी त्रिपाठी ले १५,०३१ मत प्राप्त गरेका छन् भने नेकपाका राजेन्द्र प्रसाद पाण्डे ले १४,७०९ मत ल्याएका छन्। नेपाली कांग्रेसका कृष्ण रिजाल ले १०,०८० मत प्राप्त गरेका छन्।

यस्तै धादिङ क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले निकटतम प्रतिस्पर्धीभन्दा ५,८६६ मतान्तर सहित जित हासिल गरेका हुन्। श्रेष्ठले २६,१४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश प्रसाद धमला ले २०,२७७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका धनबहादुर घले ले १०,०८४ मत प्राप्त गरेका छन् भने नेकपाका रामबहादुर भण्डारी ले ९,०३७ मत प्राप्त गरेका छन्।

यससँगै धादिङका दुबै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले जित हात पारेको छ।