
धादिङ । धादिङ क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा पुगेको छ ।
कुल ७३,०५१ मत खसेको यस क्षेत्रमा अब ५,४९७ मत गन्न बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ निर्णायक अग्रतासहित विजयी भएका छन् ।
हालसम्मको मतगणनामा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमला भन्दा ६,३७९ मतले अग्रता बनाएका छन् । अब गन्न बाँकी मत नीलकण्ठ नगरपालिकाको वडा नं. १२, १३ र १४ का हुन् ।
बाँकी मत गन्ने प्रक्रियाले नतिजा औपचारिक रूपमा पुष्टि हुने भए पनि हालको मतान्तरका आधारमा धादिङ क्षेत्र नं. २ मा बोधनारायण श्रेष्ठको जित सुनिश्चित भएको हाे ।
