
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना स्थल जिल्ला समन्वय समिति परिसर अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरू बाक्लिँदै गएका छन्।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठले उल्लेखनीय अग्रता लिँदै मतान्तर बढाएपछि समर्थकहरू मतगणना स्थलतर्फ आउन थालेका हुन्। अहिले नीलकण्ठ नगरपालिकाका केही वडाको मतगणना बाँकी रहेकाले ती वडाको मतगणना सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ५ सम्मको मतपरिणाम सार्वजनिक भइसकेको छ। पछिल्लो परिणाम अनुसार रास्वपा उम्मेदवार श्रेष्ठले ५ हजार २ सय ३४ मतले अग्रता कायम गरेका छन्।
हालसम्मको कुल मतपरिणाम
घण्टी – १९,७७५ (बोधनारायण श्रेष्ठ)
रुख – १४,५४१ (रमेश प्रसाद धमला)
सूर्य – ८,५१२ (धनबहादुर घले)
तारा – ७,४८८ (रामबहादुर भण्डारी)
