
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत गल्छी गाउँपालिकाका सबै वडाको मतगणना सम्पन्न भएको छ। हालसम्मको परिणाम अनुसार घण्टी चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले स्पष्ट अग्रता कायम गरेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार आशिका तामाङ (घण्टी) ले ६,०३१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्। उनका निकटतम प्रतिस्पर्धी भूमि त्रिपाठी (सूर्य) ले २,९९१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राजेन्द्र प्रसाद पाण्डे (तारा) ले १,७७० मत प्राप्त गर्दा कृष्ण रिजाल (रुख) ले १,४६५ मत पाएका छन्।
निर्वाचन कार्यालयका अनुसार धादिङ क्षेत्र नं. १ मा कुल १,३६,६८६ मतदाता रहेका छन्। तीमध्ये ८५,३३३ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ।
गल्छी गाउँपालिकाका सबै वडाको मतगणना सकिँदासम्म आशिका तामाङ उल्लेख्य मतान्तरसहित अगाडि रहेकी छन् भने धादिङ–१ अन्तर्गतका अन्य स्थानीय तहको मतगणना क्रमशः जारी रहेको छ।
