मुस्ताङमा कांग्रेसका गौचन थकाली विजयी

Avatar photo
Dhadingpost
फाल्गुन २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार गौचन थकाली विजयी भएका छन् । उनले ३,३०७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधार ढाडु विष्टले १,८०३ मत प्राप्त गरे । थकालीले विष्टलाई १,५०४ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरूमा राप्रपाकी कमला लालचनले १६१, नेकपाका ङुटुक गुरुङ (टाइगर)ले १५१, उज्यालो नेपालका डा. सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय विकले ९ र मंगोल नेशनल अर्गानाइजेशनका यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन् ।

मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११,३२८ मतदाता रहेका थिए। तीमध्ये १०,७९८ मत खसेको१०७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।