
धादिङ । धादिङ जिल्लामा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जिल्लाभर उत्साहजनक रूपमा मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका कुल २ लाख ७५ हजार २८० मतदातामध्ये १ लाख ५८ हजार ५३८ मत खसेको छ। यस अनुसार जिल्लामा करिब ५८ प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक गरिएको छ।
मतदान बिहान ७ बजे सुरु भई साँझ ५ बजे सम्पन्न भएको थियो। सार्वजनिक गरिएको विवरण अनुसार महिलातर्फ ५७ प्रतिशत, पुरुषतर्फ ५८ प्रतिशत र अन्यतर्फ ५० प्रतिशत मतदान भएको जनाइएको छ।
यसैबीच, धादिङ क्षेत्र नं. १ अन्तर्गत गल्छी गाउँपालिका–५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार घण्टी चुनाव चिन्हले अग्रता लिएको छ।
गल्छी–५ को मत परिणाम यस्तो छ :
- 🛎️ घण्टी : ५५४
- ⭐ तारा : ३३६
- ☀️ सूर्य : २९५
- 🌳 रुख : १०४
अन्य स्थानमा पनि मतगणना क्रमशः जारी रहेको छ भने अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
