धादिङमा ५०.२९ प्रतिशत मत खस्यो

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

धादिङ । धादिङ जिल्लामा सम्पन्न निर्वाचनमा ५०.२९ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका कुल २ लाख ७५ हजार २८० मतदातामध्ये १ लाख ३८ हजार ४४७ मत खसेको हो ।

यस अनुसार जिल्लामा कुल ५०.२९ प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांक मतदान केन्द्रका अधिकृत सँग फोन र एसएमएसबाट लिईएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धादिङमा करिब ६५ प्रतिशत मतदान भएको थियो भने त्यसअघिको निर्वाचनमा ५१ प्रतिशत मतदान भएको तथ्यांक रहेको छ।

यसपटक भने अघिल्लो निर्वाचनको तुलनामा मतदान प्रतिशत केही घटेको देखिएको छ।