
धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गोगनपानीबाट एमाले र कांग्रेससँग आबद्ध ३३ जना कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा राजेन्द्र तामाङ, सविन तामाङ, सुकमान तामाङ, रविन तामाङ, ईश्वर तामाङ, ज्ञानकुमारी तामाङ, विमला तामाङ, विशाल तामाङ, पद्मबहादुर तामाङ, दुर्गा वि. तामाङ, श्याम वि. तामाङ, राजा बाबु तामाङ, सन्त वि. तामाङ, प्रेम तामाङ, अंक वि. तामाङ, निर्जला वि.क. स्याले, किरण तामाङ, सन्देश तामाङ, मिलन लामा, सुभाष लामा, कृष्ण वि. तामाङ, सवित्री तामाङ, हिरा तामाङ, बाबिता तामाङलगायत रहेका छन् ।
नवप्रवेशीहरूलाई नेकपा उम्मेदवार राजेन्द्र पाण्डे तथा निर्वाचन परिचालन कमिटीका संयोजक शालिकराम जम्कट्टेलले खादा ओढाएर स्वागत गरेका थिए ।
चुनावको मुखमा भएको यस प्रवेशले धादिङ–१ मा एमाले र कांग्रेसलाई झड्का लागेको र आफ्नो जित थप मजबुद बन्दै गएको उम्मेदवार पाण्डेले दाबी गरेका छन् ।
नेकपाले पछिल्लो समय विभिन्न वडाबाट पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ ।

