
धादिङ । नेकपा धादिङ २ का उम्मेदवार रामबहादुर भण्डारी ले प्रचार प्रसारको अन्तिम दिन आज आफ्नो घरदैलो अभियान नीलकण्ठ–७ बाट सुरु गरेका छन्।
जिउँदै सहिदका रुपमा चिनिएका भण्डारीले आम नागरिकलाई मतदानमा सचेत रहन र तारा चिन्हको विकल्प नभएको बताउँदै आफ्नो राजनीतिक सन्देश पुर्याएका थिए।
भण्डारीको घरदैलो अभियानमा स्थानीय जनताको सहभागिता उल्लेखनीय रहेको छ। उम्मेदवारले आफ्ना मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या र आवश्यकताका विषयमा छलफल पनि गरेका छन्।

