
धादिङ । नेपाली कांग्रेस धादिङ २ ले आफ्नो उम्मेदवार रमेश धमला को समर्थनमा आज धादिङबेसीमा भव्य मोटरसाइकल र्याली आयोजना गरेको छ ।
धादिङबेसीबाट सुरु भएको र्याली ससाह हुँदै पुनः धादिङबेसी सदरमुकाम फर्किएको थियो । र्यालीका क्रममा उम्मेदवारको प्रचार–प्रसारका साथै स्थानीय नागरिकसँग संवाद गर्ने कार्यक्रम पनि राखिएको नवराज तिमल्सिना ले जानकारी दिए ।
संयोजक तिमल्सिनाका अनुसार र्यालीमा करिब ५०० भन्दा बढी मोटरसाइकल सहभागी थिए, जसले चुनावी वातावरणमा उत्साह थपेको थियो ।
र्यालीले धादिङ २ मा नेपाली कांग्रेसको समर्थन र उम्मेदवारप्रति जनसमर्थन झल्काउने अवसर प्रदान गरेको छ ।

