
धादिङ । नेपाली समाज अमेरिकाको सहयोगमा गंगाजमुना गाउँपालिका–३ स्थित चिमचोक माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई करिब २ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको ट्र्याकसुट वितरण गरिएको हो । चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीलाई आवश्यक न्यानो कपडा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा धादिङ नेपाली समाज अमेरिका तथा विभिन्न सहयोगीदाताहरूको योगदान रहेको थियो । सहयोग गर्नेहरूमा टंकबहादुर रूवाली, बद्री खतिवडा, रामहरि अधिकारी, रमन श्रेष्ठ, बुद्धिमान बज्राचार्य (विवेक), ज्ञानबहादुर घले, बासु घले, पंकज घले तथा प्रेमकुमारी गुरुङलगायत रहेका छन् ।
सहयोग कार्यक्रमका संयोजक बुद्धिमान बज्राचार्य (विवेक) सहित सम्पूर्ण सहयोगीदातालाई विद्यालयका प्रधानाध्यापक माधवप्रसाद बन्जराले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विद्यालय प्रशासनले यस्ता सहयोगले विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिल्ने विश्वास व्यक्त गरेको छ ।

