वासुदेव दुबाडीको राजीनामा हल्ला मात्र : राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ जिल्ला कार्यसमितिले वासुदेव दुबाडीले पार्टी परित्याग गरेको भन्ने समाचार भ्रामक भएको जनाएको छ।

जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत ज्वालामुखी गाउँपालिका–४ का वासुदेव दुबाडीले पार्टी छाडेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा दुबाडी राष्ट्रिय स्वतन्त्र पार्टीको ज्वालामुखी गाउँपालिकाको उपसभापति वा जिल्ला कार्यसमिति सदस्य पदमा कहिल्यै नियुक्त नभएको स्पष्ट पारिएको छ। उनी केही समयअघि मात्र अन्य दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी साधारण सदस्यता लिएका व्यक्ति भएको जनाइएको छ।

हालसम्म उनलाई पार्टीको कुनै आधिकारिक जिम्मेवारी नदिइएको पनि पार्टीले जनाएको छ। अनावश्यक राजनीतिकरण गर्दै जिम्मेवारी नदिएको महत्वपूर्ण पदमा आफू रहेको दाबी गर्दै राजीनामा दिएको विषय बनाएर भ्रामक सूचना फैलाइएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको मुखमा योजनाबद्ध रूपमा भ्रम सिर्जना गरी पार्टीको छवि धमिल्याउने उद्देश्यले यस्ता गतिविधि भइरहेको भन्दै पार्टीले आपत्ति जनाएको छ।

पार्टीले सत्य, पारदर्शिता र विधिसम्मत संगठनात्मक प्रक्रियामा प्रतिबद्ध रहेको जनाउँदै यस्ता भ्रामक प्रचारप्रसारबाट सचेत रहन सर्वसाधारण तथा मतदातालाई आग्रह गरेको छ।

x