धनबहादुर घलेको नीलकण्ठ–८ र ९ मा आज घरदैलो सम्पन्न

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०८२

धादिङ । आसन्न निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घले ले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।

घर–आँगनमै पुगेका उम्मेदवार घलेलाई स्थानीयले शुभकामना तथा आशिर्वाद दिएका छन् । मतदाताले दिएको मतको सदुपयोग भई गाउँको विकास र समृद्धिमा लगानी हुने विश्वास व्यक्त गरेका छन्। मतदान नागरिकको अधिकार भएकाले विकासमुखी नेतृत्व चयन गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

नीलकण्ठ नगरपालिकामा सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै स्थानीयले मतदान गरेअनुसार विकासको अनुभूति हुनुपर्ने बताएका छन् ।

भेटघाटका क्रममा उम्मेदवार घलेले मतदाताको विश्वासलाई सम्मान गर्दै जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक मतको सदुपयोग गर्दै बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबैको हित हुने गरी नीति तथा कार्यक्रम निर्माणमा ध्यान दिने बताए ।

संविधानसभा सदस्य रहँदा पनि धादिङको गरिमा बढाउने गरी काम गरेको उल्लेख गर्दै उनले प्राप्त विश्वासलाई पुनः सम्मान गर्ने प्रतिबद्धता जनाए ।

x