नीलकण्ठका तीन वडामा आज, उम्मेदवार श्रेष्ठको घरदैलो

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०८२

धादिङ । बोधनारायण श्रेष्ठले शुक्रबार नीलकण्ठ नगरपालिकाका तीन वटा वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

बिहिबार सल्यानटार र धादिङबेसीमा केन्द्रीय सभापतिको रवि लामिछाने र उप सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गराई धादिङ २ मा रास्वपाको चुनावी माहौल ह्वात्तै बढाएका उम्मेदवार बोधनारायण श्रेष्ठले आज नीलकण्ठका ३ वटा वडाहरुमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा श्रेष्ठले नीलकण्ठका सितलबजार, सुनौलाबजार, नवलपुर, देउराली छाप, भोर्ले, कोशीखोला, छापडाँडा गाउँ, गैरी गाउँ र खर्चलगायत स्थानका मतदातासँग भेटघाट गरेका थिए। उनले मतदातालाई घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मतदान गर्ने तरिकाबारे जानकारी दिएका थिए ।

फागुन २१ मा हुने निर्वाचनबाट आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेमा विश्वस्त रहेको उनले बताए । साथै आम मतदाता घण्टी चुनाव चिह्नमा मतदान गर्न उत्साहित देखिएको उनको भनाइ थियो ।

x