
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
नुवाकोटस्थित काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आगामी निर्वाचनबाट नेकपा पहिलो दल बन्ने र सरकारको नेतृत्व पनि नेकपाले नै गर्ने बताए।
उनले नेकपाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै निष्पक्ष निर्वाचन भए आफूहरू पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे। नेकपा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि उनले स्पष्ट पारे।
निर्वाचनलाई आफूहरूले अग्निपरीक्षाको रूपमा लिएको उल्लेख गर्दै जनताको मतबाट निर्णायक परिणाम आउने प्रचण्डको भनाइ थियो।




