धादिङका तीन स्थानमा रवि लामिछानेको सम्बोधन, दुई तिहाइका लागि घण्टीमा मत हाल्न आग्रह

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले धादिङका सल्यानटार, धादिङबेसी र गल्छीमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा लामिछानेले मुलुकलाई समृद्ध बनाउने लक्ष्यसहित आफ्नो पार्टीलाई दुई तिहाइ बहुमत आवश्यक रहेको बताउँदै धादिङका मतदातालाई घण्टी चिन्हमा मत हाल्न आग्रह गरे । उनले जनताको मत र जनमतको सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति तथा काठमाडौं–९ का उम्मेदवार डोल प्रसाद अर्याल, सहकोषाध्यक्ष तथा समानुपातिक उम्मेदवार बसुमाया तामाङ लगायतको सहभागिता रहेको थियो ।

यसैगरी सल्यानटार र धादिङबेसीमा धादिङ क्षेत्र नं. २ का उम्मेदवार बोधनारायण श्रेष्ठ तथा गल्छीमा उम्मेदवार आशिका तामाङ को उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय समर्थक तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो, जहाँ नेताहरूले मतदातासँग प्रत्यक्ष संवाद समेत गरेका थिए ।

x