
धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले धुनिबेशी नगरपालिका–७ अन्तर्गत लिखु, मजुवा र तोप्लाङ क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा पाण्डेले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले धादिङको समग्र विकासका लागि नीतिगत सुधार र सुशासन आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा शालिकराम जम्कटेल को पनि विशेष सहभागिता रहेको थियो। उनले स्थानीय मतदातासँग संवाद गर्दै आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउन आग्रह गरेका छन्। जम्कटेलले धादिङको दिगो विकासका लागि अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्।
घरदैलो कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मतदाताहरूले आफ्ना समस्या र अपेक्षाहरू उम्मेदवारसमक्ष राख्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।



