चट्याङले धादिङमा किशोरीको ज्यान गयो, दुई जना घाइते

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार बेलुका करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर घाइते भएकामध्ये आरुघाट स्वास्थ्य केन्द्र लगिएकी शहीद लखन गाउँपालिका–८ गोरखाकी करिब १३ वर्षीया विनिसा घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा मृतककी करिब १५ वर्षीया दिदी दीक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय बिरेन्द्र थापा मगर सामान्य घाइते भएका छन्।

घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

x