धादिङमा युवा संघका ‘लुरी’ सहित १५ युवा नेकपामा प्रवेश

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०८२

धादिङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धादिङका जिल्ला कमिटी सदस्य रविन्द्र घले (लुरी) सहित १५ जना युवा नेकपामा प्रवेश गरेका छन्।

गजुरी क्षेत्रका सक्रिय एमाले कार्यकर्ता रहेका उनीहरू पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई नेकपाका नेता तथा धादिङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डे ले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले देशको समृद्धि र स्थायित्वका लागि नेकपा आवश्यक रहेको बताउँदै नवप्रवेशी युवाहरूको आगमनले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

नवप्रवेशी युवाहरूले पनि देश विकास र जनताको पक्षमा काम गर्ने उद्देश्यले नेकपामा आबद्ध भएको बताएका छन्।

हालै निर्वाचन नजिकिँदै जाँदा धादिङका विभिन्न क्षेत्रमा पार्टी प्रवेशको क्रम बढ्दै गएको देखिन्छ। नेताहरूले युवाहरूको सहभागिताले राजनीतिक गतिविधि थप सक्रिय हुने बताएका छन्।