गल्छीमा राजेन्द्र पाण्डेको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०८२

विवेक अर्याल
धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ निर्वाचन क्षेत्र नं. १ मा नेकपाले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

गत फागुन ४ गते गजुरीबाट सुरु भएको अभियान हाल गल्छी गाउँपालिकामा केन्द्रित भएको छ । उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेसहितको टोलीले गल्छी गाउँपालिका वडा नं. १, २ र ३ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

टोलीले बिहानैदेखि गल्छी–१ का फोस्रेटार, पारिला छाप, दलाङ, फुस्रामाटा, सुनटार, कल्लेरीटार, घर्तीटार, मसटार, धैरेनी र केउरीनीटार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

त्यसैगरी वडा नं. २ र ३ अन्तर्गत भूत्याहा र बेलिनीटार क्षेत्रका स्थानीयसँग भेटघाट गर्दै विकासका प्राथमिकता र समृद्धिका एजेन्डाबारे छलफल गरिएको छ । घरदैलोका क्रममा उम्मेदवार पाण्डेले स्थानीय पूर्वाधार विकास, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टोलीले गल्छी गाउँपालिकाका बाँकी बस्तीहरूमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिने कार्यतालिका रहेको जनाएको छ ।