
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फागुन ११ गते धादिङबेसी आउने भएका छन् ।
धादिङ–२ का उम्मेदवार बोधनारायण श्रेष्ठका अनुसार, सभापति लामिछाने ११ गते दिउँसो २ बजे धादिङबेसी आईपुग्ने कार्यक्रम तय भएको छ ।
उम्मेदवार श्रेष्ठले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने यस कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।


