
धादिङ । धादिङ–२ का रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले आज आफ्नै गाउँ ज्वालामुखीका स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
धादिङ–२ मा रास्वपालाई जिताउने अभियानका रहेका श्रेष्ठले ज्वालामुखीका जौवारी, भदुवार, छापथोक, मैदान, धुसेनी, कुमालटारी, रामपुर, देउराली, आँखुबेसी, माख्लो रामपुर, ठूलो चौतारा, धारापानी, सालबास, चुलीडाँडा, खत्री गाउँ, काउलेडाँडा लगायतका विभिन्न स्थानमा पुगेर मतदातालाई घण्टीमा मतदान गर्न अनुरोध गरेका छन्।
उनी भोली फागुन ८ गते नीलकण्ठ नगरपालिकाका २ नम्बर र १४ नम्बर वडामा पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

