पालिका–पालिका पुग्दै रमेश धमला, मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०८२

धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले व्यापक मतदाता भेटघाट कार्यक्रम अघि बढाउने भएका छन्।

नेपाली कांग्रेस क्षेत्र नं. २ को निर्वाचन प्रचार–प्रसार समितिका अनुसार धमलाले फागुन १८ गतेसम्म विभिन्न पालिका र वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यतालिका सार्वजनिक गरेका हुन्। अभियानअन्तर्गत स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्ने तथा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने तयारी गरिएको जनाइएको छ।

सार्वजनिक तालिका अनुसार कार्यक्रम नीलकण्ठ नगरपालिका, रुबिभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन हुनेछ।

कार्यक्रम विवरणअनुसार—

  • फागुन ८ गते नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र ३ मा भेटघाट हुनेछ।
  • फागुन ९ गते ज्वालामुखी गाउँपालिकाको साविक मैदी–ढोला क्षेत्रमा तथा पोखरास्थित सम्पर्क समितिसँग भेटघाट तय गरिएको छ।
  • फागुन १०, ११ र १२ गते रुबिभ्याली गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन हुनेछ।
  • फागुन १३ र १४ गते खनियाबास गाउँपालिकाका वडा नं. ४, ५, १, २ र ३ मा भेटघाट गरिनेछ।
  • फागुन १५ गते नीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र खहरे क्षेत्रमा कार्यक्रम राखिएको छ।
  • फागुन १६ गते नीलकण्ठ वडा नं. २ र ज्वालामुखी गाउँपालिका वडा नं. ४ मा भेटघाट हुनेछ।
  • फागुन १७ र १८ गते नीलकण्ठ नगरपालिका वडा नं. १४, १, ५ तथा ३, ४, १२ र १३ मा कार्यक्रम सम्पन्न गरिनेछ।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले घरदैलो तथा प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छन् ।