धादिङमा रास्वपाको फ्रन्टलाइन फोर्सगठन

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङ अन्तर्गत RAT विभागको जिल्ला कार्यसमिति गठन गरिएको छ। पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो।

नवगठित कार्यसमितिको विभाग प्रमुखमा दीपक अधिकारी चयन भएका छन् भने उप–संयोजकमा सतिस बहादुर सुवेदी र सचिवमा सन्जिता ढुङ्गाना चयन भएका छन्। यस्तै, कोषाध्यक्षको जिम्मेवारी पुष्पा थापा मगरलाई दिइएको छ।
पार्टीका अनुसार, RAT विभागमार्फत जिल्लामा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा पार्टीका नीति, कार्यक्रम र अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य लिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले नवगठित कार्यसमितिले जिल्लामा पार्टीको गतिविधि अझ सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।