राजेन्द्र पाण्डेको प्रतिबद्धता पत्र सार्वजनिक

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०८२

क्रिकेट मैदानदेखि अस्पताल, शिक्षा र रोजगारीसम्मका महत्वाकांक्षी योजना

धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले मतदातामाझ आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। वर्तमान राजनीतिक संकट, संसद् विघटन र समयअगावै तोकिएको निर्वाचनको सन्दर्भ उल्लेख गर्दै पाण्डेले आफू पुनः जनतामाझ उम्मेदवार बनेर आएका कारणसमेत स्पष्ट गरेका छन्।

प्रतिबद्धता पत्रअनुसार धादिङ क्षेत्र नं. १ कै जेठो क्याम्पस आदर्श बहुमुखी क्याम्पसलाई विज्ञान तथा सूचना प्रविधि (आईटी) शिक्षा र सीप विकासको केन्द्रका रूपमा रूपान्तरण गर्ने योजना पाण्डेले अघि सारेका छन्।

स्वास्थ्यतर्फ बेनिघाट–रोराङ गाउँपालिका–३ मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताललाई ५० शैयाको अस्पताल बनाउने र थाक्रे गाउँपालिका–१ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

खेलकुद क्षेत्रमा क्रिकेटप्रति रुचि राख्ने युवाहरूलाई लक्षित गर्दै पृथ्वी राजमार्ग किनारका ६ पालिकामध्ये उपयुक्त स्थानमा क्रिकेट मैदान निर्माण गर्ने र धुनिवेशी नगरपालिका–५ धार्के तथा सिद्धलेक गाउँपालिका–७ बर्खेघाटमा रहेका फुटबल मैदानलाई राष्ट्रियस्तरको बनाउने योजना पनि समेटिएको छ।

प्रतिबद्धता पत्र
आदरणीय आमा बुवा, दाजुभाई दिदीबहिनिहरु 
हार्दिक नमस्कार !
भ्रष्टाचारको अन्त्य, वेथिति र पक्षपातको अन्त्य, सामाजिक सञ्जाल माथिको प्रतिबन्दको विरोध जस्ता माग लिएर २०८२ भाद्र २३ गते काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रेका नवयुवा पुस्ता (जेन्जी उमेर समुहका युवाहरु) माथि तात्कालीन ओली सरकारको तर्फबाट गोली प्रहार गरी १९ जना युवाको हत्या गरे पछि भाद्र २४ गते भड्केको विध्वंशबाट कार्यपालिकाको प्रमुख स्थान सिँहदरबार, न्याय पालिकाको प्रमुख स्थान सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, मन्त्री निवास, जिल्ला प्रशासन कार्यालयहरु, प्रहरी कार्यालयहरु, स्थानिय सरकारका कार्यालयहरु, मन्त्री, पूर्व मन्त्री र राजनैतिक दलका नेता कार्यकर्ताका नीजि निवासहरु सहित खबौंको सम्पत्ति नष्ट भएको छ । राष्ट्रको पहिचान कायम गर्ने मुख्य स्थानहरु ध्वंश गरीएको छ । २०७९ साल मंसिरमा जनताद्धारा निर्वाचित प्रतिनिधि सभालाई विना कारण विघटन गरीएको छ । भाद्र २३ र २४ का गतिविधि अध्ययन गर्दा देश डरलाग्दो संकटमा प्रवेश गरेको छ ।
२०८४ मा हुनुपर्ने निर्वाचन २०८२ फाल्गुण २१ मा गर्ने गरी प्रतिनिधि सभाको निर्वाचनको तिथि तोकिएको छ । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नं. १ का मतदाताहरुले मलाई २०८४ सम्मका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्नु भएको थियो । त्यतिबेला निर्वाचनको समयमा मैले मतदाताहरु समक्ष यहाँहरुले प्रस्तुत गर्नु भएका महत्वपूर्ण मागहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थिए । बिचैमा संसद विघटन भएकोले मैले मतदाताहरु समक्ष गरेका प्रतिवद्धता पुरा गर्न नपाएको कारण म पूनः तपाईहरु समक्ष प्रतिनिधिसभा सदस्यको उमेदवारमा खडा भई मत माग्न आएको छु ।
सर्वप्रथम भाद्र २३ गतेको प्रदर्शनमा मारीनु भएका सम्पूर्ण शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । यसै गरि राणाकाल देखि न्याय, समानता र लोकतन्त्रका लागि आवाज उठाउदा मारीनु भएका, निरंकुश पञ्चायती व्यबस्थाको शासन कालमा मारीनु भएका र राजाको शासनका विरुद्ध तथा गणतन्त्र स्थापनाका लागि मारीनु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दछु ।
विगतका दिनमा तपाईहरुकै अमुल्य मतबाट निरंकुश पञ्चायतका विरुद्ध आवाज बोल्ने जनपक्षिय सभापति निर्वाचित भएँ तर फाल्गुण ७ गतेको प्रजातन्त्र दिवसमा राजा विरुद्ध बोलेको आरोपमा राजकाजको मुद्दा लगाई जेलमै थन्काए। पञ्चायतको अन्त्य हुँदा म जेल मै थिए । बहुदलिय व्यवस्था स्थापना भएपछि पनि राष्ट्रियताको संरक्षण र जनताका अधिकारको लागि पटक–पटक आन्दोलनमा भाग लीएँ । संवैधानिक राजाले पूर्ण रुपले सत्ता हातमा लिए

  • धादिङ क्षेत्र नं. १ भरीकै जेठो क्याम्पस आदर्श बहुमुखि क्याम्पसलाई युवा, कृषक, स्थानिय शिक्षक सबैलाई विज्ञान प्रविधि (IT) को माध्यमबाट शिक्षा र शिप दुवै प्रदान गर्ने कलेजको रुपमा सञ्चालन गर्ने व्यबस्था मिलाउनेछु ।
  • बेनिघाट रोराङ ३ मलेखुमा भएको राजमार्ग सामुदायिक अस्पताललाई ५० शैयाको अस्पताल बनाउनेछु । थाक्रे गापा १ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्ने काममा ध्यान दिनेछु ।
  • क्रिकेट प्रति रुचि हुने युवाहरुको मागलाई ध्यानमा राखी पृथ्वी राजमार्ग किनारका ६ वटा पालीका मध्ये उपयुक्त स्थानमा क्रिकेट मैदान स्थापना गरी क्रिकेट खेलको विकासमा ध्यान दिनेछु ।
  • धुनिवेशी नगरपालीका वार्ड नं. ५ पुरानो धार्के बजारमा निर्माण भएको फुटबल मैदानलाई राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सिद्धलेक गाउँ पालीका वार्ड नं. ७ बर्खेघाटमा बन्दै गरेको फुटबल मैदानलाई सम्पन्न गर्न बजेट व्यबस्था गराउने प्रयत्न गर्नेछु ।
  • कृषि क्षेत्र : धादिङ जिल्ला तरकारी, दुध, फलफुल उत्पादनमा उत्कृष्ट जिल्ला भएको र कृषकले उत्पादन गरेको सबै उत्पादनको अग्रिम रुपमा समर्थन मुल्य तोक्ने व्यबस्था र उत्पादीत फसल सरकारले किन्ने व्यबस्था गरि उत्पादक किसानलाई श्रमको मुल्य उपलब्ध गराउने कानुनी बन्दोवस्त गर्न प्रयत्न गर्नेछु ।
  • बागमती प्रदेशको मुख्य मन्त्री हुँदा वार्षिक २ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने गरी सिन्धुली जिल्लाको हरीहरपुर गढीमा स्थापना गर्न अध्ययन गरीएको रासायनिक मल कारखाना स्थापना गर्न चाहिने लगानीकर्तालाई कारखाना खोल्न आवश्यक सहयोग पुयाई उद्योग स्थापनाको वातावरण बनाउनेछु । यस उद्योगबाट उत्पादित रासायनिक मल धादिङ जिल्ला र देश भरीकै लागि आवश्यक मल आपूर्ति हुने विश्वास गरेको छु ।
  • रोजगारी सृजना र शिप विकासः रोजगारीका लागि विदेश पलायन हुनबाट रोक्न धादिङ जिल्लामै युवाहरुलाई ३ महिने, ६ महिने, ९ महिने र १८ महिने सम्मका शिप सम्बन्धि तालिम सरकारकै खर्चमा दिने व्यबस्था गरि स्वदेशमै रोजगारीका लागि अवसर सृजना गर्ने कार्यक्रम बनाउने छु ।

तपाईहरुकै अत्मिय मित्र राजेन्द्र प्रसाद पाण्डे
प्रतिनिधिसभा सदस्य उमेदवार
धादिङ क्षेत्र नं. १