नेकपा धादिङले फागुन ३ गते जिल्ला केन्द्रित घोषणा–पत्र सार्वजनिक गर्ने

Avatar photo
Dhadingpost
फाल्गुन २, २०८२

धादिङ । नेपाली कम्युनिष्ट पार्टी धादिङले भोलि फागुन ३ गते जिल्ला केन्द्रित घोषणा–पत्र सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले धादिङ–१ मा राजेन्द्र पाण्डे र धादिङ–२ मा रामबहादुर भण्डारीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।

पार्टीका अनुसार केन्द्रीय प्रतिबद्धता पत्रसँग मेल खाने गरी जिल्लाका आवश्यकता र प्राथमिकतामा आधारित घोषणा–पत्र सार्वजनिक गर्न लागिएको हो। धादिङका विकास, रोजगारी, पूर्वाधार र समृद्धिलाई केन्द्रमा राखेर जिल्ला केन्द्रित प्रतिबद्धता तयार गरिएको पार्टीले जनाएको छ।

घोषणा–पत्रमा बुढीगण्डकी जलविद्युत आयोजनालाई पूर्णता दिने, धादिङबेसी–तिप्लिङ सडकलाई कालोपत्र गर्ने, जिल्लामा क्रिकेट रंगशाला निर्माण गर्नेलगायतका महत्त्वपूर्ण योजनाहरू समावेश गरिएको जनाइएको छ।

नेकपा धादिङले जिल्लाको समग्र विकास, रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै आगामी निर्वाचनमा जनसमर्थन जुटाउने लक्ष्यसहित यो घोषणा–पत्र सार्वजनिक गर्न लागेको हो।