धादिङमा बालेन शाहको आजको चुनावी कार्यतालिका

Avatar photo
Dhadingpost
फाल्गुन १, २०८२

धादिङ । ०६४ मा प्रचण्डको जति चर्चा हुन्थ्यो । अहिले त्यो उत्साहको केन्द्रमा रवि लामिछानेबालेन शाह छन्। यही पृष्ठभूमिमा आज धादिङमा बालेन शाहको व्यस्त चुनावी कार्यक्रम तय भएको छ।

हामीलाई प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन शाह आज नुवाकोट हुँदै धादिङ प्रवेश गर्दै विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नेछन्।

📍 आजको कार्यतालिका

  • १:३० बजे — गल्छी चोक
  • २:०५ बजे — गजुरी
  • २:१५ बजे — मलेखु
  • २:४० बजे — धादिङबेसी
  • ३:४० बजे — सल्यानटार
  • ४:२० बजे — आरुघाट
  • ६:०० बजे — गोरखाबजार

यस क्रममा बालेन शाहले स्थानीय कार्यकर्ता, समर्थक र सर्वसाधारणसँग प्रत्यक्ष छोटो संवाद गर्दै आगामी निर्वाचन बारे धारणा राख्ने कार्यक्रम रहेको छ।
धादिङमा आजको भेटघाटले चुनावी माहोल थप तातिने अपेक्षा गरिएको छ।