रास्वपाको नेत्रावती डवजोङमा सम्पर्क कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
माघ २८, २०८२

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेत्रावती डवजोङ गाउँपालिकाको टिखाढुङमा पालिकास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

घरदैलो अभियानमा रहेका समानुपातिक उम्मेदवार बसुमाया तामाङ, धादिङ–१ का उम्मेदवार बोधनारायण श्रेष्ठ, जिल्ला उपसभापति गोपाल गुरुङलगायत पार्टीका नेताहरूको उपस्थितिमा उक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।

कार्यक्रममा केन्द्रीय नेता तथा समानुपातिक उम्मेदवार बसुमाया तामाङले भ्रष्टाचार अन्त्य र समृद्ध नेपालको लक्ष्य पूरा गर्न रास्वपाले जित्नुपर्ने दाबी गरिन्। उनले नेत्रावती डवजोङका जनताले घण्टी चिन्हमा मतदान गर्नेमा आफू ढुक्क रहेको बताइन्।

त्यस्तै, प्रत्यक्षतर्फका उम्मेदवार बोधनारायण श्रेष्ठले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा सुझाव संकलन गरिरहेको बताउँदै छोटो समयका कारण सबै टोलमा पुग्न नसकिएकोमा मतदातासँग समझदारीको आग्रह गरे।