
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ की घण्टी चिन्हकी उम्मेदवार आशिका तामाङले आज थाक्रे गाउँपालिका–२, ३ र ४ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी छिन् ।
नेकपाका राजेन्द्र पाण्डे र नेकपा एमालेका भूमि त्रिपाठी जस्ता हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेकी आशिकाले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाउँदै गाउँ–गाउँ पुगेर जनसम्पर्क विस्तार गरिरहेकी छन् ।
आशिकाले भोली माघ २७ गते समानुपातिक उम्मेदवारहरूसहित बिहान ७ बजेदेखि मतदाता भेटघाट कार्यक्रम सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेकी छिन् ।
भोलीको अभियानको सुरुवात आदमटारमा १३ केजीको घण्टी बजाएर घण्टी चुनावी अभियानको औपचारिक उद्घाटन गर्दै गरिने जनाइएको छ । त्यसपछि
बिहान ९ बजे – अमिलिछाप, भलडाँडा, १० बजे – भैसेपोखरी र चामडाँडा, १ बजे – कुम्पुर भञ्ज्याङ, २ बजे – इर्जु हटिया, खानी गाउँ, ४ बजे – गजुरीटार
भ्रमण तथा मतदाता भेटघाट कार्यक्रम तय गरिएको छ ।
स्थानीय स्तरमै पुगेर जनसम्पर्क बढाउने रणनीतिअन्तर्गत आशिकाले मतदाता भेटघाटलाई तीव्र बनाएकी छिन् ।
