
धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्षेत्रस्तरीय निर्वाचन केन्द्रित कार्यकर्ता भेला सम्पन्न गरेको छ।
गल्छीमा आयोजित उक्त भेलामा धादिङ–१ अन्तर्गतका विभिन्न पालिकाबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलामा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा वरिष्ठ नेता राजेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पुष्प विक्रम मल्ल, गंगालाल तुलाधर, शालिकराम जम्कट्टेल लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, प्रचार–प्रसार र जनसम्पर्क विस्तारबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले पार्टीलाई जिताउने गरी एकताबद्ध भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा स्थानीय तहका नेता, भातृ संगठनका प्रतिनिधि तथा सक्रिय कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।
