जनताले मत बदल्दैछन्, धादिङ–२ मा घण्टी बज्छ – बोधनारायण श्रेष्ठ

Avatar photo
Dhadingpost
माघ २४, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘घण्टी’ चुनाव चिह्न वहाक उम्मेदवार बोधनारायण श्रेष्ठले आइतबार त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर व्यापक जनसंवाद कार्यक्रम सञ्चालन गरेका छन् ।

श्रेष्ठले त्रिपुरासुन्दरी गाउँपालिकाका १२ भन्दा बढी टोल–बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, छलफल तथा गुनासो–सुझाव संकलन गरेका हुन् । उनले गणेशस्थान, सुकौरा चौतारा, गैरी चौतारा, खहरे, लपाङ, अचनेटार, मसार, आँटी गाउँ, कार्की गाउँ, डी गाउँ, सुनपोखरी, तल्लो कास्टे लगायतका स्थानमा पुगेर मतदातासँग संवाद गरेका थिए ।

धादिङपाष्टसँग कुरा गर्दै उम्मेदवार श्रेष्ठले भने,
“जनता परिवर्तन चाहिरहेका छन् । म आश्वासन बाँड्न होइन, जनताको कुरा सुन्न टोल–बस्तीमा पुगेको हुँ । यसपटक जनताले मत परिवर्तन गर्दैछन् र धादिङ–२ मा घण्टी बज्नेछ ।”

जनसंवाद कार्यक्रममार्फत स्थानीय समस्या, विकासका प्राथमिकता र जनअपेक्षा बुझ्ने प्रयास गरिएको र ती विषयलाई आगामी नीति तथा कार्यक्रमसँग जोडिने उम्मेदवार श्रेष्ठले बताएका छन्।