नेकपाले ज्वालामुखीमा गठन गर्‍यो २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी

Avatar photo
Dhadingpost
माघ २१, २०८२

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ज्वालामुखीले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको संयोजकमा भानुभत्त दुवाडी र सह–संयोजकमा सुब्बा रम्तेल रहेका छन् ।

कमिटी गठन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि गंगालाल तुलाधरले जनयुद्ध, जेल, पीडा र मेलमिलापका साक्षी रामबहादुर भण्डारीलाई धादिङ २ मा जिताउन जनताहरु तयार भएर बसेको बताएका छन् ।

केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले धादिङको दिगो विकासका लागि दुबै क्षेत्रमा मतदाताले नेकपालाई जिताउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य मोहन कार्की, गुरु बुर्लाकोटी, उम्मेदवार रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी लगायतले कार्यकर्ताहरुलाई चुनाव केन्द्रित भएर अभियान सञ्चालन गर्न आग्रह गरेका थिए।