नेकपा रुबीभ्यालीको बैठक सम्पन्न, गाउँ–टोलसम्म प्रचार अभियान चलाउने

Avatar photo
Dhadingpost
माघ १६, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार तथा नेकपा केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा नेकपा रुबीभ्याली गाउँपालिकाको बैठक सम्पन्न भएको छ।

बैठकले गाउँ–गाउँ र टोल–टोलसम्म पुगेर चुनावी प्रचार गर्ने, पार्टीको नयाँ चुनाव चिन्ह ‘तारा’ बारे जनतालाई विशेष रूपमा जानकारी गराउने तथा उत्तरी धादिङबाट बाहिर गएर पेशा–व्यवसायमा संलग्न मतदाताको एकिन गरी सम्पर्कमा ल्याउने निर्णय गरेको छ।

बैठकमा केन्द्रिय सदस्य तथा नेकपा धादिङ–२ का निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडा, केन्द्रिय सदस्य दलबहादुर बुर्लाकोटी र केन्द्रिय सदस्य मनराज भण्डारीले पार्टीका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्ता आ–आफ्नो गाउँ–टोलमा पुगेर सक्रिय रूपमा चुनावी अभियानमा जुट्नुपर्ने बताएका थिए। उनीहरूले “यो चुनाव हार्ने छुट नभएको” भन्दै पार्टीको नीति र निर्णयअनुसार एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

मिम्बा तामाङको सभापतित्वमा सम्पन्न उक्त बैठकको सञ्चालन जीवन तामाङले गरेका थिए।

x