राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल आज धादिङको किराञ्चोक आउँदै

Avatar photo
Dhadingpost
माघ १५, २०८२

धादिङ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल आज धादिङ जिल्लाको किराञ्चोक आउने भएका छन् । उनी किराञ्चोक माध्यमिक विद्यालयको ५०औँ वार्षिक उत्सवको विशेष समारोह उद्घाटन गर्न यहाँ आउन लागेका हुन् ।

विद्यालयको चौतारो, गोठ र छाप्रोबाट सुरु भएको संघर्षपूर्ण यात्रालाई समेट्दै ५० वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको यस विशेष कार्यक्रम आज दिउँसो १२ बजे हुने विद्यालयकी प्रधानाध्यापक गीता पाण्डेले जानकारी दिईन् ।

स्थानीयस्तरमै शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेलेको किराञ्चोक माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमहरू समेत समावेश गरिने विद्यालयले जनाएको छ।

राष्ट्रिय सभा अध्यक्ष दाहालको उपस्थितिले विद्यालय परिवार तथा स्थानीय बासिन्दामा उत्साह थपिएको छ।