दशौं धादिङ महोत्सव भोलिदेखि सुरु हुँदै, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

Avatar photo
Dhadingpost
माघ १४, २०८२

धादिङ । दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। करिब १० दिनसम्म सञ्चालन हुने यस महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रम तय गरिएको छ ।।

महोत्सवको उद्घाटन दिन कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता, साथै सांस्कृतिक झाँकी प्रतियोगिता आयोजना गरिनेछ। जातजाति तथा भाषाभाषीको सांस्कृतिक पहिचान झल्किने झाँकीमा भजनदेखि महिला बाजासम्मको सहभागिता रहने जानकारी दिइएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार झाँकी प्रदर्शन बिहान १० बजेदेखि धादिङबेसी केन्द्रित रहनेछ। यस्तै कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी सहित प्रतियोगिता पनि भोली नै हुने जनाईएको छ ।

महोत्सवले कृषि, पर्यटन, उद्योग तथा संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

महोत्सवका प्रमुख आकर्षणहरू

  • कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता
  • सांस्कृतिक झाँकी प्रदर्शन र प्रतियोगिता
  • भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन गतिविधि
  • स्थानीय तहका विशेष उत्पादनका स्टल
  • जिल्ला पशुसेवा, कृषि विकास तथा वन कार्यालयबाट सेवा र परामर्श
  • स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी
  • रमाइलो मेला तथा बाल उद्यान
  • राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुति

दशौं धादिङ महोत्सवले जिल्लाको पहिचान, उत्पादन र संस्कृतिलाई राष्ट्रियस्तरसम्म चिनाउने विश्वास गरिएको छ।

x