धादिङ कांग्रेस धादिङ–२ ले चुनावका लागि ५१ वटै वडामा प्रतिनिधि खटायो

Avatar photo
Dhadingpost
माघ १४, २०८२

धादिङ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति धादिङ–२ ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभित्रका ५१ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ।

क्षेत्रीय कार्यसमिति धादिङ–२ को आयोजनामा मिति २०८२ साल १० महिना १२ गते सम्पन्न केन्द्र, प्रदेश, जिल्ला पदाधिकारी तथा सदस्य, क्षेत्रीय कार्यसमिति, महासमिति एवं महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा सभापतिहरुको संयुक्त बैठकको निर्णय र अख्तियारीअनुसार प्रतिनिधिहरु तोकिएको हो।

पार्टीको उम्मेदवार तथा संगठनलाई विजयी गराउने उद्देश्यसहित सम्बन्धित स्थानीय तहअन्तर्गतका वडामा निर्वाचन अवधिभरका लागि प्रतिनिधि खटाइएको नेपाली कांग्रेस धादिङ–२ ले जनाएको छ। प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त, निर्देशन तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै वडा तहमा निर्वाचन परिचालन कार्यलाई प्रभावकारी, अनुशासित र परिणाममुखी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

पार्टीले तोकेको लक्ष्य हासिल गर्न प्रतिनिधिहरुको सक्रियता, इमानदारी र प्रतिबद्धतामा उच्च भरोसा गरिएको उल्लेख गरिएको छ।

तोकिएका प्रतिनिधिहरू

नीलकण्ठ नगरपालिका

  1. रमेश प्रसाद धमला (सानो)
  2. डा. अमित सिंह कार्की
  3. नारायण कुमार श्रेष्ठ
  4. देवीप्रसाद कोइराला
  5. ईश्वर अधिकारी
  6. झंक नारायण श्रेष्ठ
  7. नारायण पोखरेल
  8. कल्पना अधिकारी
  9. गोपाल विश्वकर्मा
  10. दीपक कोइराला
  11. सरोज अधिकारी
  12. बलराम रिजाल
  13. होम बहादुर गुरुङ
  14. लक्ष्मी गिरी

ज्वालामुखी गाउँपालिका

  1. मदन कुमार श्रेष्ठ
  2. नरेन्द्र भट्ट
  3. विनोद तिमल्सिना
  4. नवराज सिंहखडा
  5. विजय भण्डारी
  6. खुम बहादुर सुवेदी
  7. शोभा छत्कुली

त्रिपुरासुन्दरी गाउँपालिका

  1. फणीकान्त छत्कुली
  2. देवी कुमारी बुर्लाकोटी
  3. कविन्द्र अधिकारी
  4. नवराज तिमल्सिना
  5. केशव सापकोटा
  6. राजन बुर्लाकोटी
  7. राम प्रसाद अधिकारी

गंगाजमुना गाउँपालिका

  1. कान्छा बहादुर तामाङ
  2. अक्कल बहादुर तामाङ
  3. विजय कुमार गुरुङ
  4. गोपाल ढकाल
  5. दल बहादुर अधिकारी
  6. दुर्गा दाहाल
  7. राजेन्द्र आर्याल

नेत्रावती गाउँपालिका

  1. दिनेश गुरुङ लामा
  2. विजय पाख्रिन
  3. टेकजंग लामा
  4. कृष्ण प्रसाद रिजाल
  5. नवराज जम्कट्टेल

खनियाबास गाउँपालिका

  1. लेख बहादुर तामाङ
  2. राजु पाख्रिन
  3. चीजकुमार तामाङ
  4. योमाया तामाङ
  5. सरिता तामाङ

रुबीभ्याली गाउँपालिका

  1. योग बहादुर तामाङ
  2. डेविड घले
  3. सुमन तामाङ
  4. चालमान तामाङ
  5. कुल बहादुर गुरुङ
  6. पदम गोले