नीलकण्ठ नगरपालिकाले फुटसल प्रतियोगिताका लागि ७५३ स्थानीय तहलाई आमन्त्रण

Avatar photo
Dhadingpost
माघ १४, २०८२

धादिङ । नीलकण्ठ नगरपालिकाले आ.व. २०८२/०८३ अन्तर्गत दोस्रो मेयर फुटसल प्रतियोगिता, २०८२ आयोजना गर्दैछ। प्रतियोगिता फागुन ६, ७, ८ र ९ गते धादिङवेशीमा हुने छ।

प्रतियोगितामा हामीले ७५३ वटै स्थानीय तहलाई निमन्त्रण गरेका छौं तर पहिला दर्ता गर्ने ३२ टिमले मात्रै भाग लिन पाउँने वडा अध्यक्ष सरोज पाण्डेले बताए । प्रतियोगितामा जन प्रतिनीधि र कर्मचारी मात्रै सहभागी गराउन पाईने जनाईएको छ ।

तोकिएको सर्त अनुसार टिम निर्माण गरी नियमावली अनुसार टिम दर्ता निःशुल्क गर्न सकिने जनाएको छ ।

पुरस्कारको व्यवस्था:

  • प्रथम: रु. १,११,१११
  • द्वितीय: रु. ५५,५५५
  • तृतीय: रु. २२,२२२
  • चतुर्थ: रु. ११,१११
  • उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र उच्च गोलकर्तालाई जनही रु. ६,६६६ 🎖️

नीलकण्ठ नगरपालिकाले यस प्रतियोगितालाई “समृद्ध नीलकण्ठ नगरको आधार: कृषि, पर्यटन, उद्यमशिलता सहितको पूर्वाधार” अन्तर्गत जनप्रतिनीधि र कर्मचारीलाई खेलकुदमा सक्रिय पार्ने अवसरका रुपमा हेरिरहेको छ।