रास्वपा धादिङ–२ को रणनीतिक बैठक सम्पन्न, निर्वाचन योजना तय

Avatar photo
Dhadingpost
माघ १४, २०८२

धादिङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ–२ ले निर्वाचन रणनीतिक बैठक सम्पन्न गरेको छ।

धादिङ क्षेत्र नं. २ का संयोजक श्रीराम आचार्यको सभापतित्वमा सम्पन्न बैठकमा निर्वाचन रणनीति, कार्यकर्ता परिचालन, प्रचार–प्रसार तथा संगठन सुदृढीकरणलगायत महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरिएको छ।

बैठकमा जिल्लाका सातवटै पालिकाका सभापतिहरू, निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, केन्द्रीय सदस्यहरू, केन्द्रीय विभाग, प्रदेश तथा वडा तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको रास्वपाले जनाईएको छ ।

धादिङ घण्टीमय बनिसकेको छ, यो स्थिति जोगाई राख्न सकियो भने जितिन्छ यहि विषयमा केन्द्रित रहेर बैठक सम्पन्न भएको एक रास्वपा नेताले बताए ।

बैठकले डा. कृष्णमान शाक्यको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय समेत गरेको छ। उक्त समितिले आगामी निर्वाचनलाई लक्षित गरी पार्टीको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने बताइएको छ।

x