धादिङमा घण्टी

Avatar photo
Dhadingpost
माघ १२, २०८२

धादिङमा रास्वपा
जित्नका लागी
घण्टीको आवाज
गाउँ–गाउँमा बजिसकेको छ ।

चौतारीदेखि चिया पसलसम्म,
खेतको डिलदेखि फेसबुकसम्म,
जनताको मनमा
एउटै धुन घन्किएको छ-
घण्टी… घण्टी… घण्टी ।

अर्को कुनै चमत्कार नभए,
यसपालि
माहोल घण्टीकै देखिन्छ,
हावामा पनि परिवर्तनको गन्ध छ ।

धादिङ–१ मा
आशिकाको आगमनले
घण्टी अझै तात्यो,
आशाको ज्वाला बल्यो ।

धादिङ–२ मा
बौद्धिकता र प्रविधिसँगै
धरातल बुझेका
बोदनारायण श्रेष्ठले
घण्टीलाई
जनताको ढोकासम्म पुर्‍याइरहेका छन् ।

रास्वपाको जित
अंकगणितले तय गर्ला,
तर आज
धादिङको मनोविज्ञान भन्छ-
घण्टी बज्दै छ,
जोरले बज्दै छ ।

जितको अपेक्षा छ
इतिहास लेखाउने चाहना छ
तर धादिङले
यसपटक
घण्टीलाई
मनले सुनेको छ ।