
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाक्रेको आज बसेको बैठकले ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा हरि डल्लाकोटि र सह संयोजकमा कृष्ण आले नियुक्त भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवम् धादिङ १ का उम्मेदवार राजेन्द्र पाण्डे, गाउँपालिका उपाध्यक्ष जिन्दगी थापा, केन्द्रीय सदस्य चन्द्र तामाङसहित निर्वाचित वडा अध्यक्ष र गाउँपालिका कमिटीका सदस्यहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेकपा थाक्रेका अध्यक्ष दयाराम कार्कीको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
पार्टीले निर्वाचन परिचालन समितिको गठनबाट आगामी निर्वाचनका तयारीलाई थप प्रभावकारी बनाउन योजना बनाएको बताएको छ ।
